logo

२०८३ साउन १३ बुधबार

टिकट जसले पाए पनि जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व : नेता डा कोइराला

टिकट जसले पाए पनि जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व : नेता डा कोइराला


हाम्रो राष्ट्र
  • शनिबार, २२ बैशाख २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    उपनिर्वाचनको चुनावमा भएको पराजयले कांग्रेसलाई थप बलिएको बनाउन सहयोग गरेको उहाँको भनाइ छ । नेता कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनुपर्नेमा जोड दिँदै टिकट जसले पाए पनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताउनुभयो ।

    कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि कांग्रेसको आवश्यकता औँल्याउनुभयो ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई बलियो बनाउन सङ्गठनका गतिविधिलाई चलायमान बनाउनुपर्ने भन्दै भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

    कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराब व्यक्तिलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend