logo

२०८३ साउन १३ बुधबार

पानीको जोहो गर्दै अग्निपीडित बालिका

पानीको जोहो गर्दै अग्निपीडित बालिका


हाम्रो राष्ट्र
  • आइतबार, २३ बैशाख २०८१
  • 1.3K
    SHARES

    File File

     

    भजनी ९कैलाली०, २३ वैशाख स् कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भएसँगै चिन्ताका दिन सुरु भएको महसुस हुन्छ । शिविरमा बस्दै आएकी शारदालाई शिविरमा सुकेका ठूला रुख कतिबेला घरको छाना माथि खसेर ज्यान जाने हो भन्ने त्रासले १७ वर्षदेखि पिरोल्दै आएको छ । वर्षांैदेखि सुकेका रुख कतिबेला भुइँमा खस्छन् भन्ने ठेगान हुँदैन । गर्मी मौसममा हुने आगलागीको जोखिम पनि सुकुम्बासी बस्तीमा उत्तिकै रहेको उहाँ बताउनुहुन्छ ।

    “गर्मी मौसममा हावाहुरीले रुख ढल्दा ज्यान गएका घटना आँखा अगाडि ताजै छन्, त्यो घटनाबाट बर्सेनि त्रासमा जीवन बिताउनुपर्ने बाध्यता हाम्रा अगाडि छ”, उहाँ भन्नुहुन्छ, “गर्मी मौसम सुरु भएदेखि वर्षायाम नसकिँदासम्म हाम्रा दुःखका दिन समाप्त हुँदैनन् ।” देशभर आगलागीका घटना भएको समाचारले शारदालाई चिन्ता थप्ने गरेको छ । वर्षौंदेखि पुनःस्थापनको पर्खाइमा बसेकी शारदा जस्ता सयौँ परिवार आज पनि त्यसैको पर्खाइमा रहेका छन् ।

    टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्बासी आज पनि आफूहरुको पुनःस्थापन हुन्छ भन्ने आशामा छन् । टीकापुर नगर विकास समितिको मातहतमा रहँदा सो क्षेत्र जङ्गल थियो । क्याम्पसको नाममा हस्तान्तरण भएको केही समयमै तीन सय बिघा जग्गा अतिक्रमणमा परेपछि बर्सेनि स्थानीयले रुखहरुको फेदको बोक्रा निकालेर रुख सुकाउने काम गरेका कारण आज उजाड बनिसकेको छ । अहिले शिविरको बस्तीमा सुकेका रुख ठिङ्ग्रिङ ठडिएका छन् ।

    शिविरमा हरिया रुख नभए पनि सुकेका रुख कतिबेला ढल्ने हुन भन्ने पत्तो हुँदैन । कतैबाट आगोको झिल्को शिविरमा पर्नेबित्तिकै सबै खरानी हुने स्थिति छ । गर्मी मौसम आउने हावाहुरीले त्यसरी सुकेका रुख ढल्ने र घरमुनि खसेर यसभन्दा अगाडि कैयौँ धनजनको क्षति भइसकेको छ । सोही शिविरमा १६ वर्ष बिताएकी विन्दु परियारको पीडा पनि शारदाको भन्दा फरक छैन ।

    “हावाहुरी आउँदा घर बाहिर भाग्नुपर्ने स्थिति छ, दिनमा घर बाहिर भागे पनि रातिको समयमा कता भाग्ने रु”, विन्दु भन्नुहुन्छ, “अन्त कतै जाऊ भने जाने ठाउँ छैन, यतै बस्दा ज्यान जोगाउन मुस्किल छ, आजभोलि त हावाहुरीभन्दा आगलागीको त्रास बढी हुने गरेको छ ।” सरकारले आफूहरुको व्यवस्थापनका लागि ध्यान नदिँदा पीडामा जीवन बिताउनुपर्ने बाध्यता आफ्ना अगाडि रहेको उहाँको बुझाइ छ ।

    एकतापुर शिविरमा बसोबास गर्दै आउनुभएका रामेश्वर चौधरीका अगाडि २०७६ मा हावाहुरीका कारण रुख घर माथि ढल्दा एक जनाको ज्यान गयो । रातिको समयमा आएको हावाहुरीले लाखौँको धनमाल नष्ट ग¥र्यो । आँखा अगाडि भएको त्यो घटना रामेश्वरका लागि ताजै लाग्छ । ज्यानलाई हत्केलामा राखेर मृत्युसँग लडेर बाध्यताको बसाइँ बस्नुपरेको उहाँको भनाइ छ ।

    “सुनाउन धेरै थियो, सुनिदिने हाम्रो कोही छैन, हामी सुकुम्बासीलाई अझै सुकुम्बासी बनाउन कैयौँ लागिपरेका छन्”, उहाँ दुखेसो पोख्दै भन्नुहुन्छ, “प्राकृतिक विपत्तिले दिने दुःख मात्रै होइन, मानिसहरुले गर्ने व्यवहारबाट पनि हामी निकै प्रताडित छौँ ।”

    शिविरमा घरहरू माटो र खरले निर्माण भएका छन् । माटो र काँचो इँटा प्रयोग भएका घरका लागि हावाहुरी तथा आगलागीमा मात्रै नभई वर्षात्को बाढी र डुबान पनि अर्को दुःख बनेर बसेको छ । बर्खा हुँदा अधिकांश घर डुबानमा पर्छन् । घर डुबानमा मात्रै नभई अधिकांश घर भत्किन्छन् ।

    “हिउँदमा घर निर्माण गर्दा एक बर्खा टिक्छ कि टिक्दैन भन्ने चिन्ता हुन्छ, अर्कोतिर किरा फट्याङ्ग्राको त्रास त्यस्तै हुन्छ”, स्थानीय रेशम चौधरी भन्नुहुन्छ, “कहिले सरकारले हाम्रो व्यवस्थापन गर्ला भनेर कुरेर बसेको दशक हुँदा पनि हाम्रो व्यवस्थापन अझै हुन सकेको छैन ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend