logo

२०८३ साउन १३ बुधबार

घट्टेकुलोमा १० दिने नेतृत्व विकास र उद्घोषण कला तालिम सुरु

घट्टेकुलोमा १० दिने नेतृत्व विकास र उद्घोषण कला तालिम सुरु


हाम्रो राष्ट्र
  • सोमबार, २४ बैशाख २०८१
  • 2.5K
    SHARES

    काठमाडौं । घट्टेकुलो विकास समाजको सामुदयिक सभा हलमा १० दिने नेतृत्व विकास र उद्घोषण कला तालिम सुरु भएको छ । काठमाडौं महानगरपालिका–२९ र समाज परिवर्तनका लागि एकताको आयोजनामा सञ्चालन हुने तालिमको उद्घाटन नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी सिर्जना सिंहले गर्नुभयो । कार्यक्रममा महानगर वडा अध्यक्ष कुश ढकाल, वडा सचिव सम्भु बरालसहित जनप्रतिनिधिको सहभागिता रह्यो ।

    जेष्ठ नागरिक समाजका अध्यक्ष धुब्र केसी, घट्टेकुलो विकास समाजका उपाध्यक्ष प्रभात ओझा, त्रिवेणी युवा क्लबका अध्यक्ष बिन्देश खनाल, समाजसेवी ज्ञान श्रेष्ठलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि साथै तालिम प्रशिक्षार्थीहरुको उल्लेखनीय सहभागिता रहेको छ । कार्यक्रम सोमबारदेखि १० दिन सञ्चालन हुने र आगामी दिनमा थप विभिन्न शीपमूलक तालिमहरु वडाले सञ्चालन गर्ने कुरा वडा अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend