logo

२०८३ साउन १३ बुधबार

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो : प्रधानमन्त्री

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो : प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, २७ बैशाख २०८१
  • 1.4K
    SHARES

    k|d …k|r08Únufot ;xefuLx? sf7df8f}F, @& j}zfv M lgd{n nfdf :d[lt k|lti7fgåf/f laxLaf/ g]kfn sDo'li6 kf6L{ -dfcf]jfbL s]Gb|_ s]Gb|Lo sfof{no k]l/;8fF8f sf]6]Zj/df cfof]lht lgd{n nfdfsf] @$cf}F :d[lt lbj;sf] sfo{qmddf ;xefuL x'Fb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú nufot zLif{ g]tfx? . tl:a/ M k|bLk/fh jGt÷/f;;
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो भन्नुभएको छ । आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा  प्रधानमन्त्रीले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
    नेता लामालाई सम्झदै प्रधानमन्त्रीले भन्नुभयो, “निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३÷०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।”
    प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । राम्रो विचार र स्पष्टवक्ता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।” त्यस अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू नेता लामाको योगदानबारे चर्चा गर्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend