logo

२०८३ साउन १३ बुधबार

कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस


हाम्रो राष्ट्र
  • बिहिबार, २७ बैशाख २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । उहाँले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गर्नुभएको हो ।

    नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिनुभयो ।

    कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend