logo

२०८३ साउन १३ बुधबार

राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ

राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ


हाम्रो राष्ट्र
  • सोमबार, ३१ बैशाख २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै उहाँले राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

    “नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,” उहाँले भन्नुभयो, “राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।” खेलाडीहरुको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीयस्तरमा खेलकुदका गतिविधिहरु निरन्तर हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend