logo

२०८३ साउन १३ बुधबार

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर


हाम्रो राष्ट्र
  • मंगलबार, १ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ, १ जेठः राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा उत्तम सिल्वाल र प्रमुख समाचारदातामा एकराज पाठकले जिम्मेवारी पाउनुभएको छ । पाठक यसअघि प्रधानसम्पादक र सिल्वाल प्रमुख समाचारदाताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

    रासस व्यवस्थापनले आजदेखि लागू हुने गरी उहाँहरुको जिम्मेवारी हेरफेर गरेको जनाइएको छ । उहाँहरुले आजै राससका समाचार महाशाखा प्रमुख एवं नायबमहाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समितिका सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारीसमेतको उपस्थितिमा आ–आफ्नो जिम्मेवारी एकार्कालाई हस्तान्तरण गर्नुभयो ।

    राससको दसौँ तहमा कार्यरत सिल्वाल र पाठक दुवै विसं २०५६ साल फागुन १९ गते रासस सेवामा प्रवेश गर्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend