काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा मोडर्न कन्या मल्टिपल कलेज बानेश्वरले विविध कार्यक्रम गरि ‘महिलाको स्वास्थ्य अधिकार र वातावरण ‘ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संचारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा त्रिवि महिला विकास विभागकी पूर्वअध्यक्ष प्रा डा उमा कोइराला, सन्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवा, प्रथम महिला चलचित्र निर्देशक सुचित्रा शाक्य , पूर्व महिला विकास विभागकी प्रमुख सावित्री रावल , चर्चित चरित्र अभिनेत्री रश्मी भट्ट, सामाजिक अभियन्ताहरु सरिता थापा, हीनाराज्य लक्ष्मी राणा, बबिता घिमिरे , पत्रकार रोमा न्योपाने, साहित्यकार तथा कवि राधा कार्की लगायतले महिलाको हकहितबारे प्रकाश पारेका थिए ।
यस्तै विष्णु थापा , मन्जुशा श्रेष्ठ शोन्नी बानु , बिनिता प्रधान, जुनु अधिकारी नविना न्योपाने, रसना बाल, दिप्ती सिंह। बृन्दा रेग्मीलगायतले सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा कार्यरत महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा कलेजका अध्यक्ष डा रामप्रसाद दाहालले महिलाको स्थिति कानुन न्याय स्वास्थ्य र वातावरणकाबारेमा प्रकाश पारेका थिए ।
साथै कार्यक्रममा “स्मृतिका सस्करण“ सार्वजनिक गरिएको थियो । साहित्यकार रामप्रसाद पन्त, कमलनेत्र स्कुलका प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई, उपप्राध्यापक कृष्ण अधिकारी सहित कार्यक्रममा छात्रा सुस्मिता कोइरालाले कविता वाचन गरेकी थिइन् भने निकिशा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वस्ती शर्माले धन्यवाद व्यक्त गरेकी थिइन् । कार्यक्रमको कल्पना केसीले उद्घोषण गरेकी थिइन् ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend