logo

२०८३ साउन १३ बुधबार

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने


हाम्रो राष्ट्र
  • आइतबार, ६ जेष्ठ २०८१
  • 1.4K
    SHARES

     

    काठमाडौँ, ६ जेठ ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्न लागेको जानकारी दिनुभयो । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend