logo

२०८३ साउन १३ बुधबार

सगरमाथा आरोहणकाक्रममा केन्याली नागरिकको मृत्यु

सगरमाथा आरोहणकाक्रममा केन्याली नागरिकको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, १० जेष्ठ २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार रातिे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उहाँ मृता वस्थामा भेटिनुभएको थियो । मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रँे शिविरतर्फ जानुभएको थियो । उहाँ २० मे का दिन तेस्रो शिविर पुग्नुभएको थियो । २१ मेका दिन चौथो शिविर पुगेका उहाँहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लाग्नुभएको थियो ।

    आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे÷नगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend