काठमाडौं । प्रजातान्त्रीक आन्दोलनकी नेतृ मङ्गलादेवी सिंहको फोटो प्रदर्शनी गरिएको छ । मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा शुक्रबार बबरमहलस्थित कार्की ब्याङ्क्वटमा फोटो प्रदर्शनी गरेको हो । प्रदर्शनीमा फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहसहित ठूलो संख्या नेता कार्यकर्ताको सहभागिता रहेको थियो । नेपालमा महिला आन्दोलनको जग बसाल्ने मङ्गलादेवी सिंहको जन्म १९८१ मा काठमाडौंमा भएको हो ।
१९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भयो । उहाँ जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । २००४ सालमा नेपाल महिला संघको स्थापना गर्नुभयो । सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उहाँ सक्रिय रहनुभयो । सिंहको २०५३ साल भदौ १० गते निधन भएको हो । उहाँको जीवनसँग जोडिएका विभिन्न कालखण्डमा तस्विरहरुको प्रदर्शनी गरिएको हो ।


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend