काठमाडौं । काठमाडौं महानगरपालिका २९ ले स्थानीय न्याय सम्वाद अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री रामकुमारी झाँक्री रहनुभएको थियो । विशेष अतिथिमा काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार हुनुहुन्थ्यो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ महिला सञ्जाल अध्यक्ष रेनु श्रेष्ठको सभापतित्व रहेको थियो ।
वडा अध्यक्ष कुश ढकाल पनि अथितिको रुपमा उपस्थित रहनुभएको थियो । संवाद कार्यक्रममा कानून तथा मानव अधिकार विभाग प्रमुख वसन्त आचार्य, विभिन्न राजनितिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, उधोगी, व्यवसायी, पेशाकर्मी तथा २९ वडावासी आम महानुभावहरुको सहभागिता रहेको थियो ।


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend