logo

२०८३ असोज ७ बुधबार

कांग्रेसले आम जनताको समस्या उठाएको छ : नेता सिटौला

कांग्रेसले आम जनताको समस्या उठाएको छ : नेता सिटौला


हाम्रो राष्ट्र
  • आइतबार, १३ जेष्ठ २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आम जनताको समस्यालाई कांग्रेसले उठाएको बताउनुभएको छ ।

    परिवर्तन अभियान नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समस्या ः आगामी कार्यभार’ विषयक संवादमा उहाँले कांग्रेस आम जनताको पार्टी भएकाले जनताको आवाजलाई संसद् र सडकमार्फत उठाएको बताउनुभएको हो ।

    नेता सिटौलाले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताको आवाज उठाउनुपर्ने बताउनुभयो । “जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामाना गर्न तयार छ”, नेता सिटौलाले भन्नुभयो ।

    कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्मा निरन्तर उठाउने स्पष्ट पार्नुभयो । कांग्रेससहितका प्रतिपक्षले संसद्मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरेर उक्त प्रवृत्तिको सामाना गर्न कांग्रेस तयार रहेको उहाँको भनाइ छ ।

    नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नबनेको बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend