काठमाडौं । कर्णाली प्रदेश सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले राजनीतिक अस्थिरताले जनतामा गणतन्त्रात्मक व्यवस्थाप्रति नैराश्यता फैलिएको बताउनु भएको छ । १७ औं गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै शाहले राजनीतिक व्यवस्था बद्लिए पनि जनताको अवस्थामा परिवर्तन नआएको उल्लेख गर्नुभयो ।
उहाँले व्यवस्था जोगाउन गरिबी, बेरोजगारीजस्ता कुराहरु गिजोलिएको नेपाली समाजलाई बाहिर निकाल्नु पर्ने तर्क समेत गर्नुभएको छ । लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिको संरक्षण गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोबाट जनताको अवस्था परिवर्तन गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उहाँको भनाई छ । शुभकामना सन्देश हेर्नुहोस्
राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन गर्न सकिएको छैन । पटक पटकको राजनीतिक अस्थिरताले आम जनतामा व्यवस्थाप्रति नैराश्यता पनि छाएको छ । गरिबी, बेरोजगारीजस्ता कुराहरु गिजोलिएको नेपाली समाजलाई यसबाट बाहिर निकाल्नुपर्छ । लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिको संरक्षण गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोबाट जनताको अवस्था परिवर्तन गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौं ।
#१७ औँ गणतन्त्र दिवसका गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु🌺🌺
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend