logo

२०८३ साउन १३ बुधबार

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा


हाम्रो राष्ट्र
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 2K
    SHARES

    राजमार्ग अवरुद्ध नवलपुर, १५ जेठ ः पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा सोमबार साँझदेखि परेका वर्षाका कारण सडक अवरुद्ध । विस्तारको क्रममा रहेको यस सडकमा नयाँ बनेको पुलको एप्रोच रोड (पहुँच मार्ग) भासिँदा गए राति २ बजेदेखि सडक अवरुद्ध भएको थियो । तस्बिर ः टेकराज पोखरेल÷रासस

    काठमाडौं । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

    विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा गएराति २ बजेदेखि सो सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज दिउँसो १२ः१५ बजेदेखि एकतर्फी सञ्चालमा आएको प्रहरीले जनाएको छ । पुलको पहुँचमार्ग भासिएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन गैँडाकोटर्फ र पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधन भेडाबारीतर्फ रोकिएका थिए ।

    नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार एउटा एक्साभेटर र एउटा लोडरको सहायताले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो, “भासिएको पहुँचमार्गमा ट्रकको पछाडिको पट्टा भाँचिएकाले तत्काल सडक दुईतर्फी सञ्चालनमा ल्याउन समस्या देखिएको छ । यद्यपि सडक दुईतर्फी सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

    इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक एकतर्फी खुलेपनि यातायातको चाप घट्न समय लाग्ने बताउनुभयो । दुवैतर्फ गरेर २० किलोमिटर भन्दा लामो सवारीसाधनको लाइन रहेको उल्लेख गर्दै प्राथमिकताका आधारमा सवारीसाधन पठाइने उहाँले बताउनुभयो ।

    अत्यावश्यक सवारीसाधन, साना सवारीसाधन, यात्रुबाहक सवारीसाधन पठाएर मात्रै ट्रक, टिप्पर पठाउने गरी एकतर्फी सडक सञ्चालन गरिएको उहाँको भनाइ छ । रासस

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend