logo

२०८३ साउन १३ बुधबार

‘संसदीय समिति गठनका लागि कांग्रेसको मूल उद्देश्य र विषयमा सबैको सहमति’

‘संसदीय समिति गठनका लागि कांग्रेसको मूल उद्देश्य र विषयमा सबैको सहमति’


हाम्रो राष्ट्र
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य र मूल विषयमा सबै राजनीतिक दलबीच सहमति भएको जनाएको छ ।

    पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो दलले माग गर्दै आएको सहकारीका विषयमा छानबिन समिति गठन भएपछि संसद्को जटिलता र अवरोध समाप्त भएको बताउनुभयो ।

    नेपाली कांग्रेसद्वारा सहकारी विषयमा संसदीय छानबिन समिति गठनमा सहमतिपछि आज आयोजित पत्रकार सम्मेलनमा उहाँले समितिले लाखौँ नेपाली जनताले जम्मा गरेको बचतको सुरक्षा, रकम फिर्ता गर्ने सुनिश्चितता, अपचलनको छानबिन र सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश क्षेत्राधिकार पाएको स्पष्ट पानुभयो । “सबै राजनीतिक दलबीचकोे निष्कर्षबाट समिति गठन भएको छ । प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सदस्य र अन्य राजनीतिक दलबाट भएको सहयोगका लागि हामी धन्यवाद ज्ञापन गर्छौं”, लेखकले भन्नुभयो ।

    समितिले बचतकर्ताको रकम सुरक्षामात्र नभई अपचलन भएको रकम छिटो फिर्ता गर्नेमा सिफारिस गर्ने बताउँदै उहाँले गोरखा मिडिया प्रालिका नाममा कुन सहकारीबाट कति रकम जम्मा भयो भन्नेबारे अध्ययन गरी दोषी देखिएमा कारबाहीका लागि सिफारिससमेत गर्ने गरी सहमति भएको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend