logo

२०८३ साउन १३ बुधबार

बागमती सरकारले नीति तथा कार्यक्रममार्फत ललीपप बाड्न खोज्यो : सांसद लामिछाने

बागमती सरकारले नीति तथा कार्यक्रममार्फत ललीपप बाड्न खोज्यो : सांसद लामिछाने


हाम्रो राष्ट्र
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 3.5K
    SHARES

    काठमाडौं । बागमती प्रदेश सभामा कांग्रेस सांसद सुरजचन्द्र लामिछानेले सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरै महत्वकांक्षि भएको बताउनुभएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले नीतिमार्फत जनतालाई ललीपप बाड्न खोजिएको बताउनुभयो । उहाँले संघ सरकारले उपलब्ध गराउने बजेट र प्रदेश सरकारले आफ्नो कमाई हेरेर कार्यान्वयन गर्न सकिने योजना मात्रै ल्याउनुपर्ने तर्क गर्नुभयो ।

    लामिछानेले सरकारले कुरा धेरै गर्ने तर काम कम गर्ने गरेको तर्क पनि समेत गर्नु भएको छ । उहाँले बढ्दो युवा विदेश पलायनलाई रोक्न पनि सरकारले ठोस नीति तथा कार्यक्रम नल्याएको आरोप लगाउनुभयो । संघीय सरकारले बागमतीलाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने घोषणा गरेपनि प्रदेश सरकारले त्यसलाई सघाउने कुनै कार्यक्रम नल्याएको उहाँको भनाई रहेको थियो । कृषि क्षेत्रलाई पनि सरकारले उपेक्षा गरेको उहाँको भनाई रहेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend