logo

२०८३ साउन १३ बुधबार

ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ

ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौँ । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत सातौं तहका अधिकृत पौडेललाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

    शिक्षकको सरुवा गर्दा उनले घुस रकम मागेका थिए । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले पौडेलले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend