logo

२०८३ साउन १३ बुधबार

मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिमण्डल गठन

मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिमण्डल गठन


हाम्रो राष्ट्र
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 1.8K
    SHARES

    मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले शुक्रबार जनकपुरधाममको जानकी मन्दिर दर्शन गरेपछि जानकी मन्दिर उत्तराधिकारी महन्त रामरोसन दास वैष्णबले बधाई दिँदै । तस्बिर : निरंजनकुमार साह / रासस

    काठमाडौं । मधेस प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ मन्त्रिमण्डल गठन गर्नुभएको हो ।

    कूल १४ सदस्यीय मन्त्रिमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । साथै अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधनप्रसाद सिंह नियुक्त हुनुभएको छ ।

    साथै ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रीमा बेची लुङ्गेली, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्रीमा बिमला अन्सारी र श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी नियुक्त हुनुभएको छ ।

    साथै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा शारदादेवी थापा र विना विभागीय राज्यमन्त्रीमा रञ्जुकुमारी मण्डल खङ्ग नियुक्त हुनुभएको छ ।

    प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई रु पाँच करोड

    आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई रु पाँच करोड र समानुपातिक सदस्यलाई रु एक करोड ५० लाख बजेट चलाउन दिने निर्णय गरेको अर्थमन्त्री भरत साहले जानकारी दिनुभयो ।

    बैठकले मधेस सरकारको गृह मन्त्रालय मातहत रहेको सहिद प्रतिष्ठानमार्फत सहिद परिवारका लागि राहत र वृत्तिविकास तथा सङ्घीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्रनारायण सिंह तथा रामराजाप्रसाद सिंह लक्षित कार्यक्रम ल्याउने घोषणा पनि गरेको छ ।

    साथै बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास ‘मोडल’ लागू गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने र मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाका रुपमा एक÷एकवटा खुला शैक्षिक पार्क तयार गर्ने निर्णय पनि गरिएको छ ।

    त्यस्तै, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापना गर्ने, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैङ्कका रुपमा परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने, दिगो मधेस विकासको योजना तयार गरी स्वदेशी एवं वैदेशिक लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलनको आयोजना गर्ने आजको वैठकले निर्णय गरेको छ ।

    मधेसमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारितालाई प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने एवं मधेसमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारको दुर्घटना बीमा गर्ने र मधेस प्रदेशमा खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाका रुापमा रङ्गशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend