logo

२०८३ साउन १३ बुधबार

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै


हाम्रो राष्ट्र
  • बुधबार, ३० जेष्ठ २०८१
  • 2K
    SHARES

    काठमाडौं । म्याग्दी जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।

    बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मङ्गला गाउँपालिका–२ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत–बाबियाचौर– लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्याएको छ ।

    पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग रु १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।

    चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend