logo

२०८३ साउन १३ बुधबार

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन


हाम्रो राष्ट्र
  • आइतबार, ३ असार २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ ।

    दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहनुभएको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ ।

    त्यस अवसरमा नेपाली राजदूत धनबहादुर वलीले नवगठित संस्थाले आफ्नो उद्देश्य हासिल गर्न आगामी दिनमा आयोजना गर्ने हरेक कार्यक्रममा राजदूतावासको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend