logo

२०८३ साउन १३ बुधबार

खोला किनारमा मत्ता हात्ती मृत भेटियो

खोला किनारमा मत्ता हात्ती मृत भेटियो


हाम्रो राष्ट्र
  • बिहिबार, १४ असार २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त टोली खोला किनारमा पुगेको छ । झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend