logo

२०८३ साउन १३ बुधबार

साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : सञ्चार मन्त्री

साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : सञ्चार मन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, १४ असार २०८१
  • 1.1K
    SHARES

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा काठमाडौँमा बिहीबार नेपाल साहित्यिक पत्रकार सङ्घको १८औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर ः हरिराम भेटुवाल/रासस
    काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो ।
    नेपाल साहित्यिक पत्रकार सङ्घको १८औँ स्थापना दिवसको कार्यक्रममा मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गर्नुभयो । भारतको बनारसदेखि नेपाली साहित्यिक पत्रकारिता उदाएको उल्लेख गर्दै उहाँले साहित्यिक पत्रकारिताले नेपालमा पत्रकारिताको विकास गर्न सहयोग पुगेको बताउनुभयो ।
    “पत्रिकारिताको पुरानो धरालत साहित्यिक पत्रकारिता हो”, मन्त्री शर्माले भन्नुभयो, “अब समयसापेक्ष सूचनामैत्री साहित्यिक पत्रिकारिता बनाउनुपर्छ ।” उहाँले सङ्घलाई यस वर्षदेखि रु दुई लाख सहयोग गरेको उल्लेख गर्दै साहित्यिक पत्रकारिताले समाज रुपान्तरण गर्न मद्दत पुग्ने किसिमका पाठ्यसामग्री उत्पादन गर्न जरुरी रहेको बताउनुभयो ।
    कार्यक्रममा साहित्यिक पत्रकारहरु क्रमशः प्रा डा कृष्णप्रसाद घिमिरे, घनश्याम कँडेल, डा तुलसी भट्टराई, निनु चापागाईँ, नरेन्द्रबहादुर श्रेष्ठ, डा अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, कृष्ण प्रसाईँ, नरनाथ लुइँटेल, हरिगोविन्द लुइँटेल, डा विष्णुविभु घिमिरे, लोकबहादुर थापामगर, नारायणप्रसाद शर्मा र सावित्री श्रेष्ठसम्मानित हुनुभएको छ ।
    सङ्घका अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिता जोगाउन राज्यको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले सङ्घलाई आर्थिक सहयोग वृद्धि गुर्नभएकामा मन्त्री शर्माप्रति आभार व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend