logo

२०८३ साउन १३ बुधबार

राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्समा मन्त्री पक्राउ

राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्समा मन्त्री पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, १४ असार २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

    वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । “उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,” नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।

    “राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,” स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ ।

    मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend