logo

२०८३ साउन १३ बुधबार

कांग्रेस पदाधिकारी बैठक आज

कांग्रेस पदाधिकारी बैठक आज


हाम्रो राष्ट्र
  • सोमबार, १८ असार २०८१
  • 1.7K
    SHARES

    काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक छलफलका लागि आज दिउँसो ३ बजे पदाधिकारी एवं पूर्व पदाधिकारी बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

    कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसङ्घलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।

    बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेसमेत प्रचार विभागका प्रमुख विश्वकर्माले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend