logo

२०८३ साउन १३ बुधबार

शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन : अध्यक्ष ओली

शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन : अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • आइतबार, २४ असार २०८१
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताउनुभएको छ ।

    नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताउनुभयो ।

    उहाँले मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताउनुभयो । उहाँले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२÷०६३ सालको जनआन्दोलन गरेको स्मरण गर्नुभयो ।

    सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल प्रचण्डल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताउनुभयो ।

    उहाँले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियाालाई मार्गप्रशस्त गर्न आह्वान समेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले यहि असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend