logo

२०८३ साउन १३ बुधबार

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


हाम्रो राष्ट्र
  • बिहिबार, २८ असार २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।

    पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend