logo

२०८३ साउन १३ बुधबार

‘सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ’

‘सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ’


हाम्रो राष्ट्र
  • बिहिबार, २८ असार २०८१
  • 1.5K
    SHARES

    मुख्यमन्त्री कार्की मोरङ, २७ असार ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सामाजिक विकास मन्त्रालयद्वारा बिहिबार विराटनगरमा आयोजित प्रदेशसभाका विषयगत समितिका सभापति र सामाजिक समिति सदस्य तथा महिला सदस्यसँग लैङ्गिक रुपान्तरणकारी दुष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी गोष्ठीको उद्घाटन समारोहमा मन्तव्य राख्दै । तस्बिर ः मनोज दाहाल÷रासस

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमले निष्पक्षरुपमा जनतालाई सही सूचना सम्पे्रषण गर्नुपर्ने बताउनुभएको छ ।

    सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १३औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सञ्चारकर्मी दलगत भावनाबाट मुक्त भई समाजलाई सही बाटोमा डो¥याउनतर्फ लाग्नुपर्ने बताउनुभयो । सञ्चारकर्मीले मुलुकको लोकतन्त्र स्थापना गर्न तथा प्रत्येक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

    “समाचार पस्किदा पत्रकारहरु संवेदनशील हुनुपर्छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो । सो अवसरमा उहाँले रु १० हजार राशिको मीनादेवी श्रेष्ठ श्रमजीवी पुरस्कारबाट जुनु भट्टराईलाई, रु २१ हजार राशिको मेम्बर चन्द्रलाल–लाल दुर्गादेवी श्रमजीवी पुरस्कारबाट नवीन कर्णलाई, रु ५० हजार राशिको ओमप्रकाश गोयल आर्थिक पुरस्कारबाट सुशीला पाठकलाई तथा रु ५१ हजार राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कारबाट मोहनप्रसाद भण्डारीलाई सम्मान गर्नुभयो । दिनबन्धु गोयलले ती पुरस्कारको स्थापना गर्नुभएको हो ।

    सो अवसरमा सहकारी संस्थाका अध्यक्ष दीपक दाहाल, प्रदेश सहकारी संस्थाका रजिष्ट्रार हरिबहादुर खत्री र सम्मानित व्यक्तित्व भण्डारीले सम्मानबाट समाजमा पछाडि परेका जनताको उत्थानमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend