logo

२०८३ साउन १५ शुक्रबार

पर्यटन व्यवसायी श्रेष्ठको निधन

पर्यटन व्यवसायी श्रेष्ठको निधन


हाम्रो राष्ट्र
  • बिहिबार, ३ साउन २०८१
  • 2.3K
    SHARES

    काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । द्वारिकाज होटल एन्ड रिसोर्टकी अध्यक्षसमेत रहनुभएकी श्रेष्ठको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज निधन भएको उहाँको परिवारले जनाएको छ । निमोनिया र बाथ रोगबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत हुनुहन्थ्यो ।

    विगत ६५ वर्षदेखि होटल तथा पर्यटन व्यवसायमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । होटल तथा पर्यटन व्यवसायी श्रेष्ठले चार वर्षअघि क्यान्सर रोगलाई जित्नुभएको थियो । उहाँका दुई छोरी हुनुहुन्छ ।

    उहाँको श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएकी श्रेष्ठको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend