logo

२०८३ साउन १४ बिहिबार

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेश गरेको छ ।

    शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपतिमा पौडेल निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेश गरेका हुन् ।

    प्रमुख आयुक्त थपलियाले संविधानको धारा ६२ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend