logo

२०८३ साउन १३ बुधबार

उद्योगधन्दा सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्नेछ: उपप्रधानमन्त्री सिंह

उद्योगधन्दा सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्नेछ: उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • सोमबार, ७ साउन २०८१
  • 1.5K
    SHARES

    उपप्रधानमन्त्री सिंह काठमाडौँ, ७ साउनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसरमा सोमबार आयोजित ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र विषयक विचार गोष्ठी एवं श्रमिक विमर्श पुस्तक विमोचन कार्यक्रम’मा मन्तव्य राख्दै । तस्बिरः विमलबहादुर विष्ट÷रासस

    काठमाडौँ, ७ साउनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उहाँले समयको आवश्यकता एवं जनतालाई राहत दिनका लागि वर्तमान सरकार निर्माण भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “समयको आवश्यकता र जनतालाई राहत दिन वर्तमान सरकार गठन भएको हो, यो सरकार अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने छ ।”

    यसैगरी उहाँले नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको बताउनुभयो । जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने उहाँको भनाइ थियो । तीन तहका सरकारले अधिकार सम्पन्न भएर काम गरे संविधान संशोधनको अवस्था नआउने उहाँको जिकिर छ ।

    उहाँले भन्नुभयो, “समयको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ, तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए हामी यो अवस्था पुग्दैनथ्यौ कि भन्ने मलाई लागिरहेको छ ।” यसैगरी, उपप्रधानमन्त्री सिंहले कांग्रेस र एमाले मिलेर सरकार बनेको र यो सरकार जनताको चाहानाअनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नका लागि बनेको जिकिर गर्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend