logo

२०८३ साउन १३ बुधबार

दुर्घटनाबारे बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री, मृतक सबै सौर्यका कर्मचारी (नामवली)

दुर्घटनाबारे बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री, मृतक सबै सौर्यका कर्मचारी (नामवली)


हाम्रो राष्ट्र
  • बुधबार, ९ साउन २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुग्नुभएको छ । यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो ।

    सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन: सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान/अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि पोखरा जाँदै गर्दा दुर्घटनामा परेको थियो ।

    काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११:११ दुर्घटनामा परेपछि दुवैतर्फका उडान/अवतरण बन्द भएको थियो । चालक दलका सदस्यसहित १९ जना यात्री रहेको सो विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।

    सो दुर्घटनामा परी हालसम्म १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । विमान चालक मनिष रत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend