logo

२०८३ साउन १३ बुधबार

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध


हाम्रो राष्ट्र
  • बिहिबार, १० साउन २०८१
  • 1.5K
    SHARES

    File Photo

    काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

    सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाँै जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend