काठमाडौं । मिर्गौला रोगबाट पीडित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गए राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरेका हुन । मेयर नकर्मीको निधनको शोकमा आज नगरपालिकामा शोक बिदा दिइएको छ । उहाँको आजै अन्तिम संस्कार गरिनेछ । मृतक नकर्मीक एक छोरा, एक छोरी र श्रीमती छन ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend