logo

२०८३ साउन १३ बुधबार

पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध

पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध


हाम्रो राष्ट्र
  • आइतबार, १३ साउन २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो । सडक खुलाउन भरमग्दुर भइरहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend