logo

२०८३ साउन १३ बुधबार

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या


हाम्रो राष्ट्र
  • सोमबार, १४ साउन २०८१
  • 1.7K
    SHARES

    File Photo

    काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेकोे हो ।

    रिम्नावासी भावना रानाले भन्नुभयो,“ अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।” भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो दुःख बुझ्ने कोही भएनन् ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend