logo

२०८३ साउन १३ बुधबार

संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजे बस्ने

संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजे बस्ने


हाम्रो राष्ट्र
  • सोमबार, १४ साउन २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको थियो । बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

    संवैधानिक परिषद्ले गत असार २ गते उहाँको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । आजको बैठकले प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय गर्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend