logo

२०८३ साउन १५ शुक्रबार

उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट


हाम्रो राष्ट्र
  • मंगलबार, १५ साउन २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग सोमवार नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।

    मन्त्रालयमा भएको भेटवार्तामा राजदूतहरुले उपप्रधानमन्त्री सिंहलाई बधाई दिनुका साथै विविध विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

    अमेरिकी राजदूत थम्पसनसँगको भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित सहर निर्माण, फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “उपप्रधानमन्त्री सिंहले सहरी क्षेत्र र समग्र नेपालको आर्थिक विकासमा अहिले भएको सहयोग, यसको निरन्तरता र सहरी विकासमा प्राप्त सहयोगको निरन्तरता र थप सहयोगका क्षेत्रबारे छलफल गर्नुभयो ।”

    यस्तै, गणतन्त्र कोरियाका राजदूत योङसँग सहकार्यका विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।  सो अवसरमा उहाँहरुबीच ईपीएस प्रणालीमार्फत विदेश जाने कामदारको सङ्ख्या बढाउने विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend