logo

२०८३ साउन १३ बुधबार

स्थानीय पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्नेगरी काम हुनुपर्छः उपप्रधानमन्त्री सिंह

स्थानीय पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्नेगरी काम हुनुपर्छः उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • बुधबार, १६ साउन २०८१
  • 1.2K
    SHARES

    ललितपुर, १६ साउनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्नेगरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिनुभएको छ ।

    आज यहाँ स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिनुभएपछि उहाँले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिनुभएको हो । “स्थानीय पूर्वाधार विकासका क्षेत्रमा प्रभावकारी रूपमा काम गरौँ, केही अप्ठ्यारा भए मन्त्रालय समन्वय गर्न तयार छ । जनताको प्रत्यक्ष चासोसँग जोडिएका झोलुङ्गे पुल, ग्रामीण सडक, प्रशासकीय भवनजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपार्इंहरूकै काँधमा छ । त्यसैले कामको गतिसँगै गुणस्तर बढाउनु लाग्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

    त्यस अवसरमा हालसम्म विभागले देशभर तीन सय ६४ पालिकाका प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको र एक सय ४९ भवन निर्माणाधीन अवस्थामा रहेका जानकारी दिइएको थियो । यस्तै, आर्थिक वर्ष ०८१÷८२ मा विभागले ६८ स्थानीय तहका प्रशासकीय भवन, तीन सय झोलुङ्गे पुल, ४० वटा सडक पुल र एक सय किलोमिटर पक्की सडक र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend