logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखको शपथ

राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखको शपथ


हाम्रो राष्ट्र
  • बिहिबार, १७ साउन २०८१
  • 2.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

    राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा बुधबार विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend