logo

२०८३ साउन १३ बुधबार

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त


हाम्रो राष्ट्र
  • शुक्रबार, २५ साउन २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश योजना आयोगको उपाध्याक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी योगीलाई उपाध्यक्ष नियुक्त गर्नुभएको हो । योगीलाई उहाँले बिहीबार पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

    आयोगको सदस्यमा डम्बर रावल र अशोकनाथ योगी नियुक्त हुनुभएको छ । सदस्य रावल छायाँनाथ रारा नगरपालिका–५ मुगु र योगी रास्कोट नगरपालिका–३ कालिकोट निवासी हुनुहुन्छ ।

    आयोगका दुवै सदस्यलाई नवनियुक्त उपाध्यक्ष योगीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त उपाध्यक्षसहित सदस्य रावल र योगीले पदभार ग्रहण गर्नुभएको छ । उपाध्यक्ष योगी र रावल एमालेबाट तथा योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त हुनुभएको हो ।

    कृषि विज्ञ योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान सुर्खेतका क्याम्पस प्रमुख हुनुहुन्छ । उहाँले भारत, थाइल्याण्डलगायतका देशमा गएर त्यहाँको कृषि विकासबारे अध्ययन तथा अनुसन्धान गर्नुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend