काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा वृहत वृक्षारोपण कार्यक्रम २०८१ सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा आयोजित यो कार्यक्रम २०२४ सालमा २०२४ विरुवा भन्ने नाराका साथ सम्पन्न गरिएको हो।
कार्यक्रममा विशेष अतिथि, आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री राजीव विक्रम शाहले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा विरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । उहाँले वातावरण संरक्षण र हरियाली विस्तारका लागि गरिएको यस प्रयासको प्रशंसा गर्दै कार्यक्रमका सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
वृक्षारोपण कार्यक्रमपछि, मन्त्री शाह सहितको टोलीले कुइनेपानीस्थित विश्वविद्यालय परिसरको अवलोकन भ्रमण गरेको थियो। भ्रमणका क्रममा उक्त क्षेत्रको सदुपयोग र सम्भावित पूर्वाधार तथा विकास निर्माणका सम्बन्धमा छलफल भएको थियो।
कार्यक्रमको अन्त्यमा मन्त्री शाहले वातावरणीय सुधार र हरियालीलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको बताउनुभयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend