logo

२०८३ साउन १३ बुधबार

मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ

मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ


हाम्रो राष्ट्र
  • शुक्रबार, ३२ साउन २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।

    बराहक्षेत्र नगरपालिका– १ मा चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिनुभएको छ ।

    मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनाकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उहाँको माग छ । उहाँले धार्मिक एवं पुरातात्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताउनुभयो । जीर्णोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

    महन्त पुरीका अनुसार शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभूजा भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीर्णोद्वार गर्नुपर्ने भएको छ । धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend