काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले विकास निर्माणका कामलाई गति दिने बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।
मन्त्री शाहले लेख्नुभएको छ, ‘अब म जाजरकोट र कर्णाली प्रदेशका सबै अधुरा वा प्रक्रियामा रहेका आयोजनाहरूलाई तिव्रता दिनेछु, अनुसन्धान र सोधखोज गर्नेछु । सडक, पुल र अन्य पूर्वाधारका आयोजनाहरू, जसका लागि अग्रिम रकम दिइसकिएको छ । तर अहिलेसम्म काम सुरु भएको छैन, त्यस्ता सबै आयोजनाहरूलाई अघि बढाइनेछ ।’
काम नुहुनुको कुनै कारण नभएको उल्लेख गर्दै उहाँले सबैसँग सहयोगको अपेक्षा गरेको पनि जानकारी गराउनुभएको छ । साथै, मन्त्री शाहले जाजरकोट सदरमुकाम खलंगाबाट विभिन्न रुटमा चल्ने गाडीहरूको भाडादर समायोजन गर्न निर्देशन पनि दिनुभएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend