logo

२०८३ साउन १५ शुक्रबार

सुरक्षा निकायलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सुरक्षा निकायलाई विपद् उद्धार सामग्री हस्तान्तरण


हाम्रो राष्ट्र
  • शनिबार, १ भाद्र २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । बागमती प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री सुरजचन्द्र लामिछानेले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    विपद्को समयमा उद्धारकार्यमा सहजता होस् भन्ने उद्देश्यले तीन वटै सुरक्षा निकायलाई ओबएम, उद्धार राफ्ट, राफ्टिङ हेलमेट, लाइफ ज्याकेट र इन्फ्लेटेबल तथा डुङ्गालगायत विभिन्न ५६ किसिमका विपद् उद्धार सामग्री हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend