logo

२०८३ साउन १३ बुधबार

पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन


हाम्रो राष्ट्र
  • आइतबार, २ भाद्र २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । आज महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकनपछि उहाँले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो ।

    “विभिन्न ठाउँमा खानेपानीका पाइप फुटेर पानी चुहावट भइरहेको जनगुनासो छ”, उहाँले भन्नुभयो, “चुहावट नियन्त्रण गरी जनतालाई पानी वितरण गरौँ ।” मन्त्री यादवले खानेपानीका पाइप फुट्दा त्यसमा दिसा मिँसिदा फोहरपानी पनि आपूर्ति भइरहेको उल्लेख गर्दै त्यसमा सचेत रहन निर्देशन दिनुभयो ।

    खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताउनुहुँदै मन्त्री यादवले भन्नुभयो, “शुद्ध खानेपानी वितरणका लागि चाहिने बजेटको जोहो गर्ने जिम्मा म लिन्छु । पानीको चुहावट रोक्नुस् । काठमाडौँका जनतालाई वर्षभरी शुद्ध पानी खुवाउनुस् ।”

    उहाँले महाँकाल चौरमा निर्माणाधीन नयाँ पोखरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । मन्त्रीयादवले आयोजना कार्यान्वयन निर्देशनालयद्वारा विस्तार भइरहेको मेलम्चीको पानीवितरण गर्न थप पाइपलाइन लेइङ र गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्र समेत निरीक्षण गर्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend