logo

२०८३ साउन १३ बुधबार

लाखेनाच संरक्षणमा जुटे गाईघाटका नेवार समुदाय

लाखेनाच संरक्षणमा जुटे गाईघाटका नेवार समुदाय


हाम्रो राष्ट्र
  • मंगलबार, ४ भाद्र २०८१
  • 1.7K
    SHARES

    File Photo

    काठमाडौं । यहाँको त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदाय परम्परागत लाखे नाच संरक्षणमा जुटेका छन् ।

    सोमबार ऋषितर्पनी पूर्णिमाको दिन देखि सदरमुकाम गाईघाट बजारमा नेवार समुदायले संयुक्त रुपमा लाखे नाच सुरु गरेका हुन् । नेवा झिगुँ पुच उदयपुरका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठका अनुसार सोमबारदेखि त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले संयुक्त रुपमा लाखे नाच सुरु गरेका हुन् ।

    त्रियुगा नगरपालिकाको गाईघाट बजार, बोक्से, राजाबास, चुहाडे, बगाहा, देउरी, जोगिदह, मोथ्याई, असारी, भातीखर्कसहित पुराना गाईघाट क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले आठ वटा लाखे तयार गरेर संयुक्त रुपमा नाच्न सुरु गरेको नेवा झिगु पुचका जिल्ला सचिव गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

    ऋषितर्पनी पूर्णिमाको दिनदेखि सुरु लाखे नाच कृष्ण अष्टमीको दिन सम्पन्न हुने नेवा झिगु पुचले जनाएको छ । गाईघाटका ८७ वर्षीय रत्न श्रेष्ठले भन्नुभयो, “बाबु, बाजेको पालादेखि नाचिँदै आएको लाखे नाच संरक्षण गर्न र मौलिक संस्कृति संरक्षण गर्न बर्सेनी नेवार जातीले नाच्दै आएका छौँ ।”

    पूर्खाहरु पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, भोजपुर, सङ्खुवासभा, रामेछाप, काठमाडाँै र काभ्रेबाट बसाइ सरी आएको र तराई आएपछि लाखे नाच संरक्षण गर्न बर्सेनी नाच्ने गरिएको नेवा देय दबु गाईघाटका अध्यक्ष हरि श्रेष्ठ बताउनुहुन्छ ।

    लाखे लोप हुने अवस्थामा पुगेकोे र यसको संरक्षण गर्नुपर्ने स्थानीयवासी भागवत श्रेष्ठले बताउनुभयो । युवापुस्तामा पाश्चात्य संस्कृतिको प्रभाव परेको कारण लाखे नाच लोप हुने अवस्थामा पुगेको झिगु नेवा पुचका कोषाध्यक्ष दिनेश श्रेष्ठको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend