logo

२०८३ साउन १३ बुधबार

समृद्धि र सुशासन कायम गरी प्रदेश सरकारको औचित्य पुष्टि गर्छौ : मन्त्री शाह

समृद्धि र सुशासन कायम गरी प्रदेश सरकारको औचित्य पुष्टि गर्छौ : मन्त्री शाह


हाम्रो राष्ट्र
  • मंगलबार, ४ भाद्र २०८१
  • 4.5K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले शहीदहरूको बलिदानलाई कदर हुने गरी कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी ढङ्गबाट खर्च गर्ने बताउनुभएको छ । कर्णालीको विकास र समृद्धिको लागि धेरै गर्न बाँकी रहेको समेत उहाँको भनाई रहेको थियो । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा शुभकामना दिँदै शाहले जनतामा प्रदेश सरकारप्रति आशा र विश्वास कायम राख्नु पहिलो कर्तव्य भएको पनि उल्लेख गर्नुभएको छ ।

    जारी शुभकामना सन्देशमा भनिएको छ, ‘आजको दिन हामी कर्णाली बासीहरुका लागि निकै महत्त्वपूर्ण दिन हो । कर्णाली प्रदेश स्थापनामा वेदना लुकेको छ, संवेग लुकेको छ, अनि हामी कर्णाली बासी भनेर पहिचान बनेको छ । आज लेख्दै गरेको, बोल्दै गरेको, कर्णाली शब्दमा यामबहादुर बि।सी।, टिकाराम गौतम, गोपालसिं रजवार र हरिबहादुर कुंवर जो हाम्रा सहिदहरुको रगतले पोतिएको छ । आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा यो प्रदेश स्थापना गर्न आफ्नो मृत्यु स्विकार्नु भएका विर सहिद तथा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।’

    उहाँले अगाडि भन्नुभएको छ, ‘संघियताको संरचना अनुसार प्रदेशको स्थापना त भए तर पछिल्लो समयमा जनमानसले प्रदेशलाई आर्थिक भारको रूपमा हेर्ने दृष्टिकोण बढ्‌दै गएको पाइन्छ। प्रदेश स्थापनाका खातिर आफ्नो प्राण आहुती गर्ने हाम्रा विर सहिदहरूको बलिदानीबाट स्थापना भएको सरकारको आजको कार्यशैली र औचित्यमाथि जनताहरूले प्रश्न उठाउने वातावरणको सिर्जना नगर्नु सरकारको प्रमुख दायित्व हो । कर्णालीका आम नागरिकहरूले जुन आशा र विश्वासले हिजो प्रदेश स्थापनाका लागि त्याग र समर्पण गर्नु भएको थियो त्यो आशा र विश्वास कायम राख्नु हाम्रो पहिलो कर्तव्य हो ।

    त्यसैले हामीले तय गरेका योजना, विकास र नीति तथा कार्यक्रमहरू यहाँका जनताको आवाज बन्नु पर्छ। कर्णाली बासीको आवश्यकता, इच्छा भावनालाई समेटिएको हुनुपर्छ अनि मात्र साँच्चै प्रदेश सरकारको अनुभूति यहाँका जनताले गर्ने छन् । हामी कर्णालीका जनताको जनप्रतिनिधि हौं, त्यसैले पनि यहाँका जनताहरूको आवश्यकता भन्दा टाढा भाग्ने छुट हामीलाई छैन । सहिदहरूको बलिदानलाई कदर हुने गरी कर्णाली प्रदेश सरकारले यस वर्षको बजेट कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी ढङ्गबाट खर्च गर्ने कुराको विश्वास दिलाउन चाहन्छु । अझ पनि हामीले कर्णालीको विकास र समृद्धिको लागि धेरै गर्नु छ ।’

    उहाँले थप्दै भन्नुभएको छ, ‘तथापि हाम्रा विकास कार्यक्रमहरू आवश्यकता र प्राथमिकताका आधारमा अगाडि बढाउनु पर्छ। हामी लगभग १६ दिन अगाडि कर्णाली प्रदेशको सरकारको जिम्मेवारी बोकेर आएका छौं। हामीले कर्णाली प्रदेशमा विकास समृद्धि र सुशासन कायम गरी जनताहरूमा साँच्चै प्रदेश सरकारको आवश्यकता र महत्वको अनुभूति गराउनु छ भन्दै कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छु ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend