logo

२०८३ साउन १४ बिहिबार

पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिकाअनुसार काम नभए कारवाही हुन्छ: प्रधानमन्त्री

पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिकाअनुसार काम नभए कारवाही हुन्छ: प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, ६ भाद्र २०८१
  • 1.9K
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा कार्यतालिकाअनुसार प्रगति हासिल नगरे ठेक्का अन्त्य गरी थप कारवाही गरिने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले यस विषयमा निर्माण व्यवसायीसँग कुराकानी गरी पेस गरेको कार्यतालिकाअनुसार एक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको जानकारी गराउनुभयो ।

    “पूर्व-पश्चिम राजमार्ग विस्तारमा अवरोधबिना अगाडि बढाउन सम्बन्धित चिनियाँ निर्माण व्यवसायीलाई बारम्बार सचेत गराइएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित पूर्व-पश्चिम राजमार्गको बिशेष गरी नारायणघाट-बुटवल खण्डको स्तरोन्नतिबारे व्यवसायीसँग कुरा गरी म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend