काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले निर्माण व्यवसायीको भुक्तानीमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको ५ औं वार्षिक साधारण सभाको उद्घाटन शत्रमा बोल्दै यस्तो बताउनुभएको हो ।
सो अवसरमा मन्त्री शाहले कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका निर्माण व्यवसायीहरूलाई धन्यवाद समेत दिनुभएको छ । शाहले निर्माण कार्यमा उल्लेखनीय भौतिक प्रगति भएकोमा खुशी व्यक्त गर्दै भुक्तानी प्रक्रियामा ढिलाइ भएको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित कार्यालयहरूले यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शाहले मातहतका कार्यालयहरूलाई भुक्तानी प्रक्रियामा ढिलासुस्ती नगर्न कडा निर्देशन दिनुभयो । उहाँले कर्णालीको समृद्धि र विकासका लागि निर्माण व्यवसायीहरूको भूमिका अझै महत्वपूर्ण हुने भन्दै प्रदेश सरकारको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजदेखि सुरु भएको वार्षिक साधारण सभा भोलि सकिनेछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend